Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कैलालीको सीमावर्ती क्षेत्रबाट २९ किलो विस्फोटक पदार्थसहित भारतीय पक्राउ

धनगढी । ठूलो मात्रामा विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले कैलालीको सीमावर्ती कैलारी गाउँपालिका-३, खोम्पुर घाटबाट २९ किलो ५० ग्राम विस्फोटक पदार्थ बारुद बरामद गरेको हो।

भारतको लखिमपुर चन्दनचौकीका ४२ वर्षीय शिवा गुप्ता साइकलमा उक्त विष्फोटक पदार्थ ल्याइरहेको अवस्थामा बरामद गरिएको थियो ।

सीमा सुरक्षा गुल्म खोम्पुरबाट खटिएको टोलीले उक्त विष्फोटक पदार्थसहित गुप्तालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ३४ नम्बर गणले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ।

गुप्ताले उक्त विष्फोटक पदार्थ कुन प्रयोजनका लागि ल्याएका हुन भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077