Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी निर्माण अभियानमा जुटेको रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालले कार्यक्रममा घण्टी बजाएर उद्घाटन गरेका थिए।

पार्टी निर्माण अभियानमा जुटेको रास्वपाले पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरेको हो।

दुई दिनसम्म चलने प्रशिक्षणमा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077