Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेवाग्राहीसँग २ लाख घुस लिने नगरपालिकाका लेखा अघिकृत पक्राउ

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अघिकृत शेखर ढलाल घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा ढकाललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

आयोगका अनुसार ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत संभार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैंया घुस लिएका थिए ।

आयोगको इटहरी कार्याालयको टोलीले ढकाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077