Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आइतबारदेखि चीनको सियान-काठमाडौं सिधा उडान हुने

काठमाडौं । आगामी आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान-काठमाडौं रुटमा सिधा उडान पुन: भर्ने भएको छ।

यसअघि काठमाडौंदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान गदै आएको एयरलाइन्सले पुन: उडान सुचारु गर्ने भएको हो।

एयरलाइन्सले शक्रबार सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर समेत ल्याएको छ। सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि १२ हजार ६०० (६९० युयान) मात्र र सियान-काठमाडौं-सियान दुईतर्फी यात्राको १८ हजार रुपैयाँ (९९० युयान) तय गरेको छ।

यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइने एयरलाइन्सले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077