Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशमा आगामी वर्षको बजेट बहुमतले पारित

पोखरा । गण्डकी प्रदेश सरकारकातर्फबाट अर्थमन्त्री जीतप्रकाश आलेले पेश गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको छ ।

असार १ गते प्रदेश सभामा पेश गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो । गण्डकी प्रदेश सरकारले पोहोरभन्दा डेढ अर्ब सानो ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले २ पटकसम्म प्रदेश सभा नै अवरोध गर्‍यो । विपक्षी सांसदहरुले सरकारले स्थानीय तहलाई अनुदान घटाएको, बजेटका कार्यक्रमको चुहावट भएको, बिगतका सरकारका कार्यक्रमले बजेटले संवोधन नगरेको भन्दै विरोध जनाए भने कार्यक्रम पुस्तिकामा सानो अक्षर भएको भन्दै संसद अवरुद्धसमेत गरेका थिए ।

अघिल्लो वर्ष सरकारले ५ अर्बभन्दा धेरै राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, ३ अर्बको हाराहारीमा मात्र उठ्न सक्ने देखिएको अवस्थामा अर्को वर्ष ५ अर्ब १६ करोड ९१ लाख उठाउने लक्ष्य बजेटले राखेको छ ।

सरकारले ल्याएको ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ । पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको हो ।

प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077