Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'भुटानी शरणार्थी प्रकरणमा जोडिएका नयाँ नामहरुमाथि छानबिन भइरहेको छ'

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउन करोडौं रूपैयाँ असुली गर्ने गिरोहमाथि छानबिन भइरहेको बताएका छन् ।

नेपाल प्रहरीको कार्ययोजना २०८० र तीन महिनाको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो जानकारी गराएका हुन् ।

उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा बाहिर चर्चा गरिएका नामहरुप्रति छानबिन भइरहेको बताए ।

भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको पनि प्रवक्ता कुवेर कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077