Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला किन बोलायो समाजवादी मोर्चाले बैठक ?

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको चार दलीय समाजवादी मोर्चाको पहिलो बैठक शनिबार बस्ने भएको छ ।

विभिन्न तीन बुँदे सहमति पत्रसहित गत असार ४ गते घोषणा भएको समाजवादी मोर्चाको बैठक शनिबार अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठकले आगामी रणनीति तय गर्ने देखिन्छ ।

यही सोमबार प्रधानमन्त्री पदलाई भारतसँग जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरिरहेका छन् ।

यही विवादका कारण शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी दुई दिनलाई स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077