Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहे नगरे हरियाणा सरकारले दिनेछ पेन्सन

एजेन्सी । भारतको हरियाणा राज्य सरकारले वृद्धावस्था र विधवा पेन्सन जस्तै अविवाहित निवृत्तिभरणको पनि व्यवस्था गर्ने भएको छ ।

हरियाणा सरकारले अविवाहित र विधुर अर्थात श्रीमतीको मृत्यु भएका पुरुषहरूलाई पेन्सन दिने घोषणा गरेको हो ।

हरियाणा सरकारले प्रत्येक लाभार्थीलाई दुई हजार ७५० भारतीय रुपैयाँ दिनेछ । तर यो पैसा प्राप्त गर्न व्यक्तिले केही आधारभूत सर्तहरू भने पूरा गर्नुपर्छ ।

यस्तो पेन्सन सुरु गर्ने घोषणा गर्ने हरियाणा पहिलो राज्य हो । हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले लाभार्थीलाई पेन्सन दिने पूर्ण तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077