Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बिहे नगरे हरियाणा सरकारले दिनेछ पेन्सन

    बिहे नगरे हरियाणा सरकारले दिनेछ पेन्सन

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 561
    SHARES

    एजेन्सी । भारतको हरियाणा राज्य सरकारले वृद्धावस्था र विधवा पेन्सन जस्तै अविवाहित निवृत्तिभरणको पनि व्यवस्था गर्ने भएको छ ।

    हरियाणा सरकारले अविवाहित र विधुर अर्थात श्रीमतीको मृत्यु भएका पुरुषहरूलाई पेन्सन दिने घोषणा गरेको हो ।



    हरियाणा सरकारले प्रत्येक लाभार्थीलाई दुई हजार ७५० भारतीय रुपैयाँ दिनेछ । तर यो पैसा प्राप्त गर्न व्यक्तिले केही आधारभूत सर्तहरू भने पूरा गर्नुपर्छ ।



    यस्तो पेन्सन सुरु गर्ने घोषणा गर्ने हरियाणा पहिलो राज्य हो । हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले लाभार्थीलाई पेन्सन दिने पूर्ण तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार