Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओडिशा रेल दुर्घटना : सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ

एजेन्सी । ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार तीन रेलवे कर्मचारीलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको अपराधी हत्या) अन्तर्गत मुद्दा चलाइएको छ ।

केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो ।

पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077