Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म फेरि संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

    म फेरि संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 843
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू फेरि संसदीय दलको नेता बदल्न लाग्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताए ।



    महामन्त्री थापाले भने,‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्ने कुरा पहिल्यै थाहा छ । नेपालका राजनीतिक पार्टीहरु यस्ता भए । नेकपा एमालेले कसरी दल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा माओवादी केन्द्रले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो । हामी कांग्रेसमा छौं, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । त्यही कुरा गर्ने कोसिस गरेको हो ।’



    महामन्त्री थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताए ।

    उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार