Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको पहिलो बैठक नेकपा एसको केन्द्रीय कार्यालयमा

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको चार दलीय समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ।

बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा जारी रहेको छ ।

बैठकमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविकाका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ।

विभिन्न तीन बुँदे सहमति पत्रसहित गत असार ४ गते चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077