Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मोरङमा सवारी दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु

    मोरङमा सवारी दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 756
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङको लेटाङमा सवारी दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

    लेटाङ-कानेपाखरी सडकखण्डअन्तर्गत लेटाङ नगरपालिका-३ मा अटो टेम्पोलाई बोलेरो गाडीले ठक्कर दिँदा बालिकासहित दुई जनाको मृत्यु भएको हो।



    लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह १३१२ नम्बरको अटोलाई लेटाङतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ४१७३ नम्बरको बोलेरोले शुक्रबार साँझ ७:४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो।



    दुर्घटनामा परि मृत्यु हुनेमा अटो चालक कानेपोखरी गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय सागर तामाङ र ८ वर्षीया बालिका रोशनी मगर रहेका छन् ।

    प्रहरीका अनुसार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र गम्भिर घाइते बालिकाको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति ९स्४० बजेतिर मृत्यु भएको हो।

    त्यस्तै, दुर्घटनामा परेर घाईते भएकी बालिकाकी आमा अन्दाजी ३५ वर्षीया टीका आले मगरको गोल्डेनमै उपचार भइरहेको छ।

    दुर्घटनामा परेका दुवै सवारीसाधनमा क्षति पुगेको छ भने बोलेरो र चालकलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार