Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

समाजवादी मोर्चाको अध्यक्षता आलोपालो गर्ने निर्णय, चार सदस्यीय कार्यदल गठन

काठमाडौं । शनिबार बसेको समाजवादी मोर्चाको बैठकले नेपालको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेको कार्यदल गठन भएको हो ।

साथै मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६-६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । अध्यक्षको औपचारिक निर्णय नहुँदासम्म मोर्चाको बैठकको अध्यक्षता माधवकुमार नेपालले गर्ने भएका छन्।

त्यस्तै, समाजवादी मोर्चाले सातै प्रदेशमा चाँडै नै कार्यक्रम गर्ने भएको छ। समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसद रहेका छन् ।

बैठकमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077