Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

तीनै जनालाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ले शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका छन् ।

उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका थिए । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077