Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले आज पनि दुवै सदनको अवरोध जारी राख्ने

काठमाडौं । नेकपा एमालेले आज बस्न लागेको संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर राजीनामा माग्दै एमालेले गत बुधवारबाट संसद् अवरोध गदै आएको छ। एमालेका एक नेताका अनुसार एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने तयारी छ।

प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध र राजीनामा माग गर्दै आएको छ।

शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक बस्दै नबसी आइतबार १ बजे बस्नेगरी स्थगित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077