Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठकमा स्थगित भएको छ ।

आइतबार पनि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै अवरोध जारी राखेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अर्को बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरि स्थगित गरेका हुन् ।

यसअघि बैठकको सुरुमा बोल्दै एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा नदिएसम्म बैठकको कारबाही अघि बढाउन नदिने चेतावनी दिइन् ।

एमालेले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै दुवै सदनमा अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077