Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • संसदको गतिरोध अन्त्य गर्न शीर्ष नेतालाई छलफलमा जुट्न राष्ट्रियसभा अध्यक्षको आग्रह

    संसदको गतिरोध अन्त्य गर्न शीर्ष नेतालाई छलफलमा जुट्न राष्ट्रियसभा अध्यक्षको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 606
    SHARES

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चारदिनदेखि संसद् बैठक अवरोध भएको भन्दै समाधान निकाल्न आग्रह गरेका छन् ।

    पटक पटक सदन अवरुद्ध हुँदा जनतामा राम्रो सन्देश नजाने भन्दै अध्यक्ष तिमल्सिनाले शीर्ष दलका नेताहरुलाई छलफलमा जुट्न आग्रह गरेका हुन् ।



    आइतबारको राष्ट्रियसभा बैठकमा पनि एमालेले अवरोध गरेपछि उनले सत्ता र प्रतिपक्षी दलको ध्यानाकर्षण गराउँदै समाधान निकाल्न भनेका हुन् ।



    गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

    आजको बैठकमा एमालेको अवरोधपछि छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकमाथि छलफल गर्न सोमबार ११ बजेट १ मिनेटका लागि अर्को बैठक बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार