Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रकाश पन्थ नेतृत्वको चार सदस्यीय संसदीय टोली न्यूयोर्क प्रस्थान

    प्रकाश पन्थ नेतृत्वको चार सदस्यीय संसदीय टोली न्यूयोर्क प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 654
    SHARES

    काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ न्यूयोर्क प्रस्थान गरेका छन् ।

    पन्थ चार सदस्यीय संसदीय टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन आज न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन् ।



    टोलीमा नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डे रहेका छन् ।



    छलफल यही असार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार