Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याजपीडितको आन्दोलनमा गृहमन्त्री श्रेष्ठ, भने- न्याय दिएर छाड्छौं

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूलाई भेट्न पुगेका छन् ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएए आन्दोलन गरिरहेका मिटरब्याजपीडितलाई भेट्न श्रेष्ठ बानेश्वर पुगेका हुन् ।

गृहमन्त्री श्रेष्ठले प्राविधिक कारण अध्यादेश रोकिए पनि सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको भन्दै कानुन बनाएर मिटरब्याजपीडितलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता जनाए ।

मिटरब्याजविरुद्धको कानुन पारित नभएको र त्यसलाई तत्काल पारित गर्न माग गर्दै आइतबार काठमाडौंमा मिटरब्याजपीडितहरूले प्रदर्शन गरेका हुन् ।

एमालेको अवरोधका कारण संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077