Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनामा जागिर लगाउँछु भन्दै ‘भगौडा’ महेशको ठगी धन्दा

कैलाली । कैलालीमा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–११ बस्ने ३५ वर्षीय महेशराम लावड बाँकेबाट पक्राउ परेका हुन् ।

लावडले आफूलाई दिनेश विष्टका नाम चिनाएर सेनामा जागिर लगाइदिन्छु भन्दै डोटीको पुर्बीचौकी गाँउपालिका–७ बस्ने देबबहादुर बि.कका परिवारबाट चार लाख २० हजार रकम लिएर फरार भएका थिए ।

उनले बिकलाई नेपाल सेनाको भान्से पदमा जागिर लगाउने भन्दै रकम असुली गरेका थिए । उनी २०६२ देखी २०७३ सालसम्म नेपाली सेनाका जागिर र पछि सुर्खेत ब्यारेकबाट जागिर छाडेर भागेको समेत अनुसन्धानबाट खुलेको छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077