Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मृग ठानेर हानेको गोली साथीलाई लागेपछि...

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ। मानिस हराएको सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा गएराति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

“घटना २२ गते रातिको भन्ने बुझिएको छ”, प्रहरी प्रमुख थापाले भने, “साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ। हामीलाई सूचना आउन साथ ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ। पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ। थप अनुसन्धान जारी छ।”

मृतकका आफन्तले यही असार २४ गते खोजीका लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपिपलाई पक्राउ गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077