Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजे बस्ने भएको छ ।

बैठकमा असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक कार्यक्रम (रातो किताब)प्रति असन्तुष्टि व्यक्त गदै आएकाले बजेटमाथिको छलफल ढिलागरी सुरु भएको हो ।

बजेट बारे सत्ता पक्षबीच नै एकमत नहुँदा प्रदेश सभामा बजेटबारे छलफल भएको छैन । बजेट प्रस्तुत भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो । बजेट असारभित्र नै पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै, बैठकबाट असार ५ गते सडक दुर्घटनामा परेर ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077