Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको सर्वाधिक चर्चापछि दीपेन्द्र के खनालले बनाउने भए फिल्म ‘मेयर’

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङको चर्चासँगै निर्देशक दीपेन्द्र के खनालले पनि ‘मेयर’ नामबाट फिल्म बनाउने भएका छन् ।

केही समय अगाडि निर्देशक राजु गिरीले बालेनबाट प्रभावित हुँदै ‘मेयर साहेब’ फिल्म निर्माणको घोषणा गरेका थिए ।

बालेनको कथावस्तुमा आधारित भएर फिल्म बनाउन दीपेन्द्रले यहि असार १० गते चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरेका छन् ।

चलचित्र विकास बोर्डका अनुसार दीपेन्द्रले यसअघि दर्ता गरेको फिल्म ‘लकडाउन’को नाम परिवर्तन गरेर ‘मेयर’ राखेका हुन् । फिल्मको निर्माणमा दीपेन्द्र र सुरेन्द्र पाण्डेले सहकार्य गर्दैछन् ।

निर्देशक खनाल यतिबेला 'पशुपति प्रसाद २ः भष्मे डन' मा व्यस्त छन्। केही समयअघि फिल्मको छायांकन सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077