Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नवलपरासीमा देवरले गरे आफ्नै भाउजूको हत्या

नवलपरासी । पश्चिम नवलपरासीमा एक युवाले आफ्नै भाउजूको हत्या गरेका छन् ।

रामग्राम नगरपालिका-१० मन्झरियाका २७ वर्षीय चन्दन चौधरीले जग्गाको विषयमा विवाद हुँदा २५ वर्षीया भाउजू मीरा चौधरीको हत्या गरेका हुन् ।

आइतवार साँझ जग्गाको विषयमा विवाद हुँदा चन्दनले भाउजू मीराको टाउकोमा मोटरसाइकलको सकरले प्रहार गरेपछि गम्भीर घाइते भएकी मिराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई भाइमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका सिलसिलामा विदेशमा छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077