Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको प्रश्न - गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद बैठकमा माफी नमागेकोप्रति प्रश्न उठाएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको सन्दर्भ कोट्याएर नेता रावलले दलहरू संसद चल्न दिन किन तयार भए भनेर प्रश्न गरेका हुन् ।

नेता रावलले सोमवार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘प्रमं प्रचण्डले गलत भनाई फिर्ता लिई जनतासँग माफी माग्नुपर्छ भन्दा ममाथि कटाक्ष गर्दै ‘राजीनामा’ नदिई संसद चल्न दिन्नौं भन्नेहरू आज प्रमंले प्रतिनिधिसभामा ‘राजीनामा दिन्न’ भन्दै ‘दुःख प्रकट’ गर्दा संसद चल्न दिन किन तयार ? गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र ?’

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे प्रष्ट पारेका थिए । यसअघि नेता रावलले प्रधानमन्त्री प्रचण्डले गलत भनाइ फिर्ता लिएर जनताससँग माफी माग्नुपर्ने बताएका थिए । तर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077