Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण हुँदा ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार आक्रमण भएको छ ।

सो आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । सरकारी प्रवक्ताका अनुसार मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन्।

उनले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार , पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिएका छैनन् ।

घटनामा संलग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077