Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण हुँदा ६ जनाको मृत्यु

    चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण हुँदा ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 603
    SHARES

    एजेन्सी । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार आक्रमण भएको छ ।

    सो आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । सरकारी प्रवक्ताका अनुसार मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन्।



    उनले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार , पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिएका छैनन् ।



    घटनामा संलग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार