Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रजननदर कम हुनु तत्कालका लागि सकारात्मक, दीर्घकालीन अवस्थाका निम्ति जोखिम : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरुपमा गइरहेको समेत बताए ।

“जनसंख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ”, उनले जारी गरेको सन्देशमा उल्लेख छ ।

मन्त्री बस्नेतले राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भए पनि सहरी तथा सुविधासम्पन्न स्थानमा जनसंख्याको बढ्दो चाप, जनसंख्या वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिकरूपले सक्रिय जनसंख्याको उचित परिचालन, लैंगिक विभेद तथा सामाजिक कुरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077