Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार, आज संशोधनको खाका बनाइने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ । सोमबार राती असन्तुष्ट सत्तारुढ पक्षका प्रदेश सभा सदस्यसँगको छलफलपछि प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको हो ।

मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले सोमबार राती असन्तुष्ट सत्तारुढ दलका नेतालाई बोलाएर छलफल गरेका थिए ।

छलफलपछि स्रोत खोजेर बजेट संशोधन गर्न सरकार तयार भएको नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाशबहादुर रावलले बताए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) , नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले सोमबार दिउँसो यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि मुख्यमन्त्रीले राती नै ती दलका नेताहरूलाई छलफलमा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077