Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कागेश्वरी मनहराको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियारको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास रिजाललाई १६ हजार घुससहित नियन्त्रणमा लिएको हो।

उनीहरूले शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा गागलफेदी बसपार्कबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

शिक्षक छनोट प्रक्रियाका लागि उनीहरूले घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।

उक्त सूचनापछि टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077