Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दयाहाङ र प्रकृतिको 'बिहे पास' पुनः रिलिज हुँदै

काठमाडौं । गत बैशाख १ गते प्रदर्शनमा आएको प्रवेश पौडेलद्वारा निर्देशित फिल्म ‘बिहे पास’पुनः रिलिज हुने भएको छ ।

दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र असार २९ गते शुक्रबार रिलिज हुने भएको हो ।

गत साता चितवन पर्सास्थित एक हलमा फिल्म देखाउँदा दुई सातासम्म दर्शकको उपस्थिति राम्रो देखिएको र यतिबेला हलमा नेपाली फिल्म खासै नभएका कारण हल व्यावसायीहरुकै आग्रहमा पुनः प्रदर्शन गर्न लागिएको वितरकले जनाएका छन् ।

असार २९ गते नै सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’ रिलिज हुँदै छ । चलचित्रमा करिष्मा मानन्धर मुख्य भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077