Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिलालाई पछ्याएर सिक्री लुट्ने तीन जना पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले श्रृंखलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो।

ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो । पक्राउ पर्नेमा लोलिनकाजी महर्जन,रविन्द्र महर्जन र रोहन नेपाली रहेका छन् ।

महर्जनले बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकलमा चढेर भाग्ने गरेका थिए ।

घटनामा रविन्द्र र रोहन चालकमा रुपमा प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077