Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बङ्गलादेशसँग अफगानिस्तान सात विकेटले पराजित

काठमाडौं । अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेश सात विकेटले विजयी भएको छ ।

अफगानिस्तानले दिएको १ सय २७ रनको सामान्य लक्ष्य बङ्गलादेशले २३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।

यसअघि चटगाउँमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४५ ओभर २ बलमा १ सय २६ रन बनाउँदा अलआउट भयो ।

तीन खेलको एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077