Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजनीतिक जीवनबाट सन्यास लिने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन्।

युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको आधिकारिक फेसबुक पेजमा उनले जारी गरेको विज्ञप्तिमा ‘अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु,’ भनेका छन्।

उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन्। उनको यो निर्णय थाई संसद्‌मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि सार्वजनिक भएको हो।

आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख उनले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077