Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पनि राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ः०१ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफल सकिएपछि आज बुधवार शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिने कार्य हुनेछ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077