Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सहकारीका पदाधिकारी कारागार चलान

उर्लाबारी । पथरीशनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, व्यवस्थापक र लेखा सहायक मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सेयर सदस्य तारा खड्कासहित ९८ जना बचतकर्ताले दायर गरेको मुद्दामा मोरङ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको हो। सहकारीका पदाधिकारी तथा कर्मचारीले ७४ लाख १९ हजार ८०७ रुपियाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको आरोपसहित मुद्दा दायर गरिएको थियो।

मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा अदालतले सहकारीका व्यवस्थापक ४४ वर्षीय व्यवस्थापक राजेन्द्र तामाङ, ४६ वर्षीय लेखा सहायक विश्वनाथ चौधरी र संस्थाका अध्यक्ष ४५ वर्षीय लालबहादुर भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

संस्थाका व्यवस्थापक तामाङको घरमा २०७६ साल माघदेखि मासिक १५ हजार रुपियाँ भाडा तिर्ने सर्तमा सहकारी बस्दै आएको थियो। भाडा बसेयता सहकारीले भाडा नतिरेको बताउँदै तामाङका श्रीमती जानुका तामाङले भने, “चार वर्षदेखिको भाडा पाएको छैन, श्रीमान्लाई पनि फसाइदिए।” गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077