Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कार्यदलको प्रस्ताव पास गर्न समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । समाजवादी मोर्चाको दोस्रो बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर काठमाडौंमा बस्न लागेको हो । बैठकले मोर्चाको कार्यविधि पास गर्ने बताइएको छ ।

गत शनिबार बसेको मोर्चाको पहिलो बैठकले कार्यविधिसहित आचारसंहिता, भावी नीति तथा कार्यक्रम तथा सांगठानिक स्वरुप तयार गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले तयार चारवटै प्रस्ताव आजको बैठकले पारित गर्नेछ।

कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन्।

कार्यदलले आज शीर्ष नेता सम्मिलित बैठकमा पेश गर्नेछन् । पहिलो बैठकबाट सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको मोर्चाले आज कहाँ, कहिले कार्यक्रम गर्ने भन्ने मिति तय गर्ने तयारी पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077