Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानत वारेन्ट जारी गरेको छ ।

इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही कसुरमा गैर जमानत पक्राउ पुर्जी जारी गरेको हो ।

इसीपीले गत वर्ष पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख खान र पार्टीका पूर्व नेता चौधरीले मुख्य निर्वाचन आयुक्त असद उमर विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरेको थियो। त्यसैको लागि उनी विरुद्ध वारेन्ट जारी भएको हो ।

खान र चौधरीविरुद्ध गिरफ्तारी वारेन्ट आदेश ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको बेन्चले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077