Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौं । समाजवादी मोर्चाको बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ ।

प्रधानमन्त्री समेत रहेका मोर्चा घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी समेत रहेकी दाहालको निधनका कारण अपराह्न चार बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।

दाहालको आज बिहान नर्भीक अस्पतालमा निधन भएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो ।

आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077