Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

    सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 948
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।



    प्रधानमन्त्री मोदीले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’



    प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार