Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पाको रुन्टीगढी गाउँपालिकाका वडाध्यक्ष पुनको निधन

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको निधन भएको छ । ३७ वर्षीय पुनको बुधवार दिउँसो उपचारका क्रममा निधन भएको हो।

मङ्गलवार अचानक बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ लगिएको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेका पुनको स्क्रब टाइफस कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

२०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077