Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१८ वर्षअघिको सुपरहिट नेपाली फिल्म ‘पापी मान्छे'को तेस्रो सिरिज बन्ने

काठमाडौं । १८ वर्षअघिको सुपरहिट नेपाली फिल्म ‘पापी मान्छे’को तस्रो सिरिज निर्माण हुने भएको छ ।

अघिल्ला दुई श्रृंखला बक्सअफिसमा सफल भएसँगै नयाँ कथामा निर्माणको योजनासहित बुधबार फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।

राजकुमार राईले निर्माण गर्ने फिल्म जनकदीप पराजुलीले निर्देशन गर्नेछन् । पोस्टरमा चिम्पान्जीलाई चित्रण गरिएको छ ।

एक्सन-थ्रिलर जनरा बन्ने फिल्ममा ‘पापी मान्छे’का अघिल्ला श्रृंखलाका कुनै कलाकार नदोहोरिने बताईएको छ । यसको अघिल्ला दुई श्रृंखलामा अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका थियो । साथै कुकुर र बाँदरलाई पनि विशेष रुपमा प्रस्तुत गरिएको थियो ।

यस वर्ष छायांकन पूरा गरेर सन् २०२४ मा प्रदर्शन गर्ने तयारी रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077