Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब १८ करोड रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २५.३१ अंकले बढेर २ हजार ९७.५५ विन्दुमा बन्द भएको हो ।

आज फाइनान्स र होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

बुधबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन शिव श्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077