Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

होटेलको नाममा यौनधन्दा, तीन जना सञ्चालक पक्राउ

कैलाली । कैलालीको चिसापानी क्षेत्रका होटेल हरुमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले तीन जना होटेल सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटेल सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेल सञ्चालक भीम शाही रहेका छन् ।

त्यस्तै, ती होटेलहरुमा यौन व्यवसायमा रहेको भन्दै पाँच जना महिलालाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

खाजा खान आउने ग्राहकहरुसँग यौन कार्य गर्न लगाएर आर्थिक लाभ लिने गरेको प्रहरीको दाबी छ ।

उक्त होटेलहरुमा यौनधन्दा हुने गरेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077