Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी सरकार तत्काललाई जोगियो, दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

आज बुधवार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।

असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरमा कोशीको मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखको हस्ताक्षरलाई मान्यता दिएको विरोधमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ गते रिट दायर गरेका थिए । यसअघि लगातार तीन दिन हेर्न नभ्याइने सूचीमा परेको रिटमाथि आज सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतको आजको फैसलाले तत्कालका लागि भने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति जोगिएको छ । सर्वोच्चले थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दा बुझाएका प्रदेशसभा सदस्यहरूको समर्थन, दाबी, हस्ताक्षरलगायतका कागजात र प्रदेश प्रमुख खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ । त्यसपछि ७ गते पेसी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077