Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्यमन्त्री बस्नेतको गैरजिम्मेवार अभिव्यक्ति, भने - मर्न खोज्ने कर्मचारीलाई डोरी लिएर पठाइदिनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पछिल्लो अभिव्यक्तिले विवादित बनेका छन् । सरुवाको विषयलाई लिएर कुनै कर्मचारीले आत्महत्या गर्छु भन्यो भने डोरी लिएर मन्त्रीको गेटमा पठाइदिनू भनेपछि उनी विवादित बनेका हुन् ।

मन्त्री बस्नेतले कर्मचारीले जस्तोसुकै धम्की दिए पनि सरुवा फिर्ता नहुने सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।मन्त्री बस्नेतले भने, 'सरुवा फिर्ता नभए आत्महत्या गर्छु भन्दै कर्मचारीहरूले धम्की दिने गरेका छन्। तर मैले सरुवा फिर्ता गर्न सक्दिनँ, बरु आत्महत्या गर्नू भन्ने गरेको छु।'

आफ्नो समस्या समाधानको लागि निवेदन दिन आएका स्वास्थ्यकर्मीलाई लक्षित गर्दै मन्त्री बस्नेतले सरुवा थमौती गर्न विभिन्न शक्तिहरू प्रयोग गरेर आउने गरेको बताए । यस्तै असार २५ गते आएको उनको पछिल्लो अभिव्यक्तिपछि सांसद र स्वास्थ्यकर्मी सम्बद्ध संघ संस्थाहरूले खुलेर विरोध गरेका छन् ।

यसअघि उनले नेपाल औषधि उत्पादक संघले काठमाडौंको होटल शंकरमा गरेको कार्यक्रममा र मन्त्रालयमै भएको पत्रकार सम्मेलनमा यही अभिव्यक्ति दिएका थिए ।

नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले महासंघले प्रेस विज्ञप्तिमार्फत मन्त्री बस्नेतको अभिव्यक्ति गैरकानुनी, गैरजिम्मेवार र आपत्तिजनक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077