Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

    डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 933
    SHARES

    फाइल तस्विर

    डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना भएको छ ।

    सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।



    बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटना बेलुकी साढे ६ बजे भएको हो ।

    गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार