Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालतमा मुद्दा परेपछि झापा गाउँपालिकाका अध्यक्ष साह निलम्बित

झापा । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेका छन् ।

सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा परका हुन् ।

गत आर्थिक वर्ष २०७४–७५ मा झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले साहसहित ११ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

यस्तै गाउँपालिकाका अध्यक्षसहित वार्डसदस्य फणिन्द्र खरेल, इन्जिनियर अभिषेक दास र सबइन्जिनियर विज्ञान चम्लगाईं निलम्बनमा परेको बताइएको छ ।

अध्यक्ष निलम्बनमा परेपछि कार्यपालिकाको बुधबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077