Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लियोनल मेसी भन्छन् - अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन

एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन्।

गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो टिप्पणी आएको हो।

अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण भएको एक अन्तर्वार्तामा ३६ वर्षीय मेसीले भने, ‘तार्किक रुपमा मेरो उमेरका कारण यो (सन्यास) धेरै टाढा हुनेछैन।

त्यो क्षण कहिले आउँछ मलाई ठ्याक्कै थाहा छैन। म दिनदिनै चीजहरू लिइरहेको छु र हामीले अनुभव गरिरहेका यी सबै कुराहरूको आनन्द लिइरहेको छु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077